आरएसआई ओभर सोल्ड जोन नजिक पुगेको बजारको अबको सम्भवना कस्तो ?
काठमाण्डौ । आज बजार करिब १० अंकले घटेर बन्द भयो । योसँगै नेप्से लगातार ५ दिनमा ५१.१७ अंकले घटेको छ । आजको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा बजारमा २० दिने मुभिङ एभरेज भन्दा तल कारोबार भएको छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार तल्लो ब्याण्डसँगै हिडेको छ भने म्याक्डीमा यस अघि नै बियरिस क्रसओभर बनेको छ । यो सँगै हिस्टोग्राम पनि नेगेटिभ र लामा–लामा हुँदै गएका छन् ।...