सोमबार, श्रावण १८,२०८३ 12:50:14
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 12:50:14
Bizshala
Global IME Bank Limited

स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित

स्वाभिमान लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश पारित
New Office

काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा आज सञ्चालक समितिका अध्यक्ष देवीदत्त ज्ञवालीको अध्यक्षतामा रुपन्देहीमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनलाई सभाले पारित गरेको छ ।  

संस्थाको प्रमुख कार्यकारी अधिकृत कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा सभालाई जानकारी गराए ।

साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको चुक्तापूँजीको ५.२६३२ प्रतिशत  बोनसे सेयर  तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगदको  प्रस्ताव पारित गरेको छ ।  

त्यसैगरी, स्वतन्त्र संचालक तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त संसञ्चालक पदमा जनक राज ढुङ्गानालाई मनोनयन गरेको सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ । संस्थाको बाहृय लेखापरिक्षकको रुपमा आव २०८१÷८२ को लागि प्रमोद पन्थी एण्ड एसोसिएटस्लाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।

तिलोत्तमा ५, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको हाल ७ वटा जिल्लाहरुमा ३६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । २०८१, चैत्र मसान्तसम्म संस्थामा ३४ हजार ६७९ जना ग्राहक सदस्य आबद्ध रहेका छन् भने १ हजार ७७६८ जना ऋणी रहेका छन् । संस्थाको यस अवधिसम्म लगानीमा रहेको कर्जा करिब २ अर्ब ७७ करोड ४ लाख रहेको छ भने ८३ करोड ७४ लाख ६६ हजार बचत संकलन गर्न सफल भएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.