बजार पूँजीकरण ४ ट्रिलियन डलर पुग्ने विश्वकै दोस्रो कम्पनी बन्यो माइक्रोसफ्ट, आम्दानी बढेसँगै सेयरमूल्यमा उछाल
काठमाण्डौ । विश्व बजारमा ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको अर्को एउटा कम्पनी थपिएको छ । यससँगै ४ ट्रिलियन डलर बजार पूँजीकरण भएको कम्पनीको संख्या दुई पुगेको छ । अमेरिकी टेक कम्पनी माइक्रोसफ्टको बजार पूँजीकरण ४ ट्रिलियन डलर नाघेको हो । कम्पनीले अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेसँगै सेयरमूल्यमा उछाल आउदा कम्पनीले यो दुलर्भ किर्तिमान हासिल गरेको हो । बुधबार कम्पनीको...