शनिबार, बैशाख १९,२०८३ 11:39:16
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 11:39:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता

Bizshala
नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजारसँग सम्बन्धित संगठित संस्थाको विवरण प्रवाहमा एकरूपता तथा पारदर्शिता कायम गर्न र प्रतिवेदन मानहरूमा एकरूपता कायम गर्न नेपाल धितोपत्र बोर्ड र लेखामान बोर्ड बीच सम्झौता भएको छ ।

सम्झौतामा नेपाल धितोपत्र बोर्डको तर्फबाट अध्यक्ष रमेश कुमार हमाल र लेखामान बोर्डको तर्फबाट अध्यक्ष प्रकाश जंग थापाले हस्ताक्षर गरेका छन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बोर्डका अनुसार उक्त्त सम्झौताको मुख्य उद्देश्यमा विशेष गरि नेपालमा Nepal Sustainability Reporting Standards (NSRS) को विकास तथा कार्यान्वयन गर्ने विषय समावेश गरिएको छ। 

धितोपत्र बोर्डले नेपालको सन्दर्भमा Sustainability Reporting नवीन अवधारणा हो, जसले व्यवसायिक अभ्यासहरू वातावरण वा समाजका लागि मात्र नभई व्यापारको लागि पनि राम्रो हुने बताएको  छ।

CG Motors
Garima Development Bank
IME remit

साथै उसले यसबाट वातावरणीय जिम्मेवारी, सामाजिक उत्तरदायित्व, सुशासनको पूर्ति र जवाफदेहिताको जानकारी सुनिश्चित गर्ने बताएको छ।  विकास गर्ने मुख्य भूमिका लेखामान बोर्डको हुनेछ भने नेपाल धितोपत्र बोर्डले सो मान कार्यान्वयन गर्ने आवश्यक भूमिका निर्वाह गर्नेछ। 

धितोपत्र बजार सम्बद्ध संगठित संस्थाहरूबाट प्रवाहित हुनु पर्ने सूचना तथा जानकारीहरू अन्तरराष्ट्रिय रूपमा प्रचलित असल अभ्यास  हुनुपर्नेमा सदैब सचेत रहेको भन्दै बोर्डले सोही अनुसार नेपालमा समेत यस्ता अभ्यास अनुसार कार्य गर्न प्रतिबद्ध रहेको पनि बताएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.