शनिबार, बैशाख १९,२०८३ 11:39:57
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 11:39:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने

Bizshala
धितोपत्र बोर्डबाट सर्वोत्तम सिमेन्टको आईपीओ स्वीकृत, स्थानीय र वैदेशिक रोजगारपछि सर्वसाधारणमा निष्कासन हुने
Shivam Cement

काठमाण्डौ ।नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ।

बोर्डले योग्य संस्थागत लगानीकर्तालाई सेयर बाँडफाँट गरेपछि दोस्रो चरणमा उद्योग प्रभावित स्थानीय र अन्य सर्वसाधारणमा आईपीओ बिक्री गर्न स्वीकृति दिएको हो ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यसअघि कम्पनीले गत मंसिर १८ गतेनै धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि अनुमति माग्दै निवदेन दिएको थियो ।बोर्डले कम्पनीलाई प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले ३६ लाख कित्ता आईपीओ बिक्री अनुमति दिएको हो  । 

अब उक्त रुपैयाँका दरले कम्पनीले १ अर्ब २९ करोड ९२ लाख ४० हजार रुपैयाँ बराबरको ३६ लाख किता आईपीओ निष्कासन गर्नेछ ।  

सुरुवाती समयमा बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत् सेयर पाएको भएता पनि त्यसपछिको प्रक्रिया भने नियमित सेयर निष्कासन झै नै हुने छ । अब कम्पनीले सबैभन्दा पहिला स्थानीय र वैदेशकि रोजगारमा रहेकालाई सेयर निष्कासन गर्ने छ। त्यसपछि मात्र कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्नेछ ।

CG Motors
Garima Development Bank
IME remit

अरू कम्पनीको प्राथममिक सेयरमा १० कित्ता आवेदन दिन सकिने भएता पनि कम्पनीको आईपीओमा भने ५० कित्ताभन्दा कम आवेदन दिन पाइने छैन। जसले गर्दा ५० कित्ताका लागि आवेदन दिन पनि १८ हजार ४५ रुपैयाँ जोहो गर्नुपर्दछ ।

बुक विल्डिङ विधिमा योग्य संस्थागत लगानीकर्तामा निर्धारण भएको कटअफ मूल्यमा १० प्रतिशत मूल्य घटाएर सर्वसाधारणमा आईपीओ निष्कासन हुने धितोपत्र बोर्डले बताएको  छ ।सोही व्यवस्थाबमोजिम कम्पनीले सर्वसाधारणमा आईपीओ बिक्री गर्न लागेको हो ।

नेपालमा पहिलो पटक बुक विल्डिङ प्रक्रियाबाट  कम्पनीले आईपीओ बिक्री गरेको हो ।धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.