शनिबार, बैशाख १९,२०८३ 01:00:50
Bizshala
  • शनिबार, बैशाख १९,२०८३ 01:00:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने

Bizshala
निजी थला पर्दा सरकारी मालामाल, सिडिएससीले १००% लाभांश बाँड्ने
Shivam Cement

काठमाण्डौ । निजी क्षेत्रबाट सञ्चालित कम्पनीहरु सामान्य लाभांश वितरण गर्न समेत असमर्थ भइरहेको बेला सरकारी लगानीका कम्पनीहरु भने मालामाल भइरहेका छन् । विशेष गरी पूँजी, बित्त र मुद्रा बजारसँग सम्बन्धित सरकारी कम्पनीहरुले उछालको गतिमा आम्दानी बढाइरहेको देखिएको हो । 

यो लाइनमा सिडिएस एण्ड क्लियरिङ लिमीटेड पनि देखिएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीले आर्थिक वर्ष २०७९-८० को नाफाबाट १०० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अगाडि बढाएको छ । 

सतप्रतिशत लाभांश वितरणको प्रस्ताव पारित लगायतको अजेण्डासहित कम्पनीले आगामी पुस २६ गते आफ्नो १३ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । 

काठमाण्डौको पुतलीसडकस्थित सेयर मार्केट्स कमर्सियल कम्प्लेक्सको दोश्रो तलामा सभा आह्वान गरिएको छ । 

CG Motors
Garima Development Bank
IME remit

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९-८० को लेखारीक्षकको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीमाथि छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको सिफारिस मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव समेत पेश हुने बताइएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.