काठमाण्डौ । यो साता सेयरबजार २७ अंकले घटेको छ । गत साता २६५५ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २६२८ विन्दुमा कायम हुन पुगेको छ ।
यो साता पाँच दिनै कारोबार हुँदा सर्वाधिक सेयरभाउ बढेका शीर्ष १० कम्पनीमा अधिकांश हाइड्रो सेक्टरका कम्पनी रहेका छन् भने सर्वाधिक गुमाउने शीर्ष १० कम्पनीमा विकास बैक, हाइड्रो, माइक्रो इन्स्योरेन्स, माइक्रोफाइनान्स, फाइनान्स र अन्य समूहका कम्पनी रहेका छन् ।
यो साता सर्वाधिक कमाउने कम्पनीमा पियोर इनर्जी कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ ३१.७४ प्रतिशतले बृद्धि भएको छ । अन्य सर्वाधिक कमाउने ९ वटा कम्पनीमा भने सबै हाइड्रोपावर कम्पनीहरु रहेका छन् ।
त्यस्तै, यो साता सर्वाधिक गुमाउने कम्पनीमा श्री इन्भेष्टमेन्ट फाइनानस रहेको छ । यो कम्पनीको सेयरभाउ १२.९५ प्रतिशतले घटेको छ । त्यस्तै, दोस्रोमा ओ मेगाश्री फर्मास्युटिकल्सको सेयरभाउ १०.७१ प्रतिशतले घटेको छ ।

