सोमबार, बैशाख २१,२०८३ 10:36:13
Bizshala
  • सोमबार, बैशाख २१,२०८३ 10:36:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

मेचीका पाँच छोटी भन्सार बन्द, एउटा मात्र सञ्चालनमा, आयात–निर्यात अवरुद्ध

Bizshala
मेचीका पाँच छोटी भन्सार बन्द, एउटा मात्र सञ्चालनमा, आयात–निर्यात अवरुद्ध
Shivam Cement

काठमाण्डौं । सीमावर्ती व्यापारलाई सहज बनाउन स्थापना गरिएका मेची भन्सार कार्यालयअन्तर्गतका अधिकांश छोटी भन्सार अहिले निष्क्रिय बनेका छन्।  

छ वटामध्ये एउटा मात्रै सञ्चालनमा रहे पनि त्यहाँ पनि कारोबार न्यून हुँदा समग्र संरचना प्रभावकारी रूपमा उपयोग हुन सकेको छैन।

गौरीगन्ज–२ को आठमौजा छोटी भन्सार सञ्चालनमा भएपनि अन्य गाडागल्ली, बाहुनडाँगी, नकलबन्दा, सतिघट्टा र महाभारा नाकाहरू बन्द छन्। 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सीमित व्यापार, पूर्वाधार अभाव र आवश्यक सेवा नहुँदा यी नाका लामो समयदेखि प्रयोगविहीन बनेका हुन्।

विशेषगरी क्वारेन्टाइन, जाँच प्रणाली र अन्य सहायक सेवा नहुँदा साना नाकाबाट आयात–निर्यात सम्भव नभएको देखिन्छ।  

यसको विपरीत काँकरभिट्टास्थित मुख्य भन्सारमा भने आवश्यक सबै संरचना उपलब्ध भएकाले व्यापार त्यतै केन्द्रित भएको छ।

स्थानीय तहका प्रतिनिधिहरूले पुराना र ऐतिहासिक नाकाहरू पुनः सञ्चालनमा ल्याउनुपर्ने माग राख्दै आएका छन्। 

CG Motors
Garima Development Bank
IME remit

 उनीहरूको भनाइमा यस्ता नाका बन्द हुँदा स्थानीय व्यापार, रोजगारी र आर्थिक गतिविधिमा प्रत्यक्ष असर परेको छ।

यता, सीमापार पर्याप्त बजार नहुनु र पूर्वाधार कमजोर हुनु पनि समस्या मानिएको छ।  

केही भन्सारका भवन जीर्ण अवस्थामा छन् भने सुरक्षा व्यवस्थापन भने सशस्त्र प्रहरीले निरन्तर गरिरहेको छ।

समग्रमा, नीतिगत प्राथमिकता, पूर्वाधार विकास र व्यापारिक सम्भावनाको अभावले छोटी भन्सारहरू उपयोगविहीन बन्दै गएका छन्, जसले सीमावर्ती अर्थतन्त्रलाई कमजोर बनाउने संकेत देखिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.