ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो । बैंकले समीक्षा अवधिसम्म १२ अर्ब ३१ करोड...

