आज गभर्नर नियुक्तिको सम्भावना, प्रधानमन्त्रीले हलो अड्काउँदा गठबन्धनमै खटपटको जोखिम
काठमाण्डौ । नेपाल राष्ट्रबैंकको १८ औं गभर्नर नियुक्तिको विषय थप पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणअघि अर्थात अघिल्लो साताको सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकबाटै गभर्नर नियुक्तिको विषय टुंगो लगाउने प्रयास गरिएको थियो । तर, प्रमुख सत्ता साझेदार दल कांग्रेसको सहमतिबिना नै ओली अगाडि बढ्न खोजेपछि अन्तिम अवस्थामा नियुक्तिको विषय नै...

