सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा प्यान अपडेट र ब्यालेन्स सर्टिफिकेट अनुरोध गर्न सकिने सुबिधा थप
काठमाण्डौ । सिटिजन्स बैंकले ग्राहकहरूको लागी अब घरमै बसीबसी बैंकको मोबाइल बैंकिङ एपमार्फत आफ्नो खातामा प्यान अपडेट गर्न सक्नुका साथै ब्यालेन्स सर्टिफिकेट आवश्यक परेमा एपमार्फत अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । यस सुविधापश्चात ग्राहकहरूले बैंकको शाखा कार्यालय नगई सहज र झन्झटमुक्त सुविधा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ ।

