बैंकका ठूला सेयरधनी र उच्च अधिकारीप्रति राष्ट्रबैंक निर्मम, कर्जा र सुविधामा थप कडाईं
काठमाण्डौ । नेपाल राष्ट्रबैंक बैंक तथा वित्तीय संस्थाका ठूला सेयरधनी, व्यवस्थापनका उच्च अधिकारीप्रति थप निर्मम बनेको छ । केन्द्रीय बैंकले उनीहरुले लिने कर्जा तथा गैरकोषमा आधारित सुविधामा समेत थप कडाईं गरेको हो । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०८० मा संसोधन गर्दै राष्ट्रबैंकले यस्तो व्यवस्था गरेको हो ।

