लचिलो मौद्रिक नीतिको पूर्वतयारी सुरु, सबै आरोपबाट मुक्त हुने गभर्नरको चाहना
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले मौद्रिक नीतिको पूर्वतयारी थालेको छ । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटका लक्ष्यहरुलाई सपोर्ट गर्ने खालको केही लचिलो मौद्रिक नीति केन्द्रीय बैंकले यसपटक बनाउन लागेको छ । त्यसकै पूर्वतयारी सुरु भएको हो । यो क्रममा राष्ट्रबैंकले सर्वसाधारण तथा सरोकारवालाहरुलाई समेत...

