एकै दिन १ अर्बले बढ्यो बैंकिङ प्रणालीको निक्षेप, सीडी रेसियो र अन्तरबैंक ब्याजदर घट्यो
काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १३ गते बैंकिङ प्रणालीमा १ अर्ब रुपैयाँ थपिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १३ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३२ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १२ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप...

