१.३० लाख ऋणीले लिए सहुलियतपूर्ण कर्जा, कुन क्षेत्रमा कति प्रवाह ?
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा चालु आर्थिक वर्षको फागुनसम्म सबै चुक्ता भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणमा यस्तो देखिएको हो । चालु आर्थिक वर्षको फागुनसम्ममा १ लाख ३० हजार ८४४ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्ब ४९ अर्ब ३० करोड...

