मंगलवार, असार ३,२०८२ 03:49:38
  • मंगलवार, असार ३,२०८२ 03:49:38
Global IME Bank Limited

बसर अल असदले रुसलाई २५० मिलियन डलर नगद दिएको खुलासा

Hyundai Nepal
बसर अल असदले रुसलाई २५० मिलियन डलर नगद दिएको खुलासा
Nabil Bank Limited

काठमाण्डौ । सिरियाका अपदस्थ राष्ट्रपति बसर अल असदले रुसलाई २५० मिलियन डलरबराबरको नगद दिएको तथ्य सार्वजनिक भएको छ । असदले यो रकम सन् २०१८ देखि २०१९ को बीचमा दिएका थिए ।  

यसले असद सत्ता र रुसबीच सिरिया द्धन्द्धका बेला वित्तीय साझेदारी रहेको देखाएको जनाइएको छ । यो रकम अमेरिकी डलर र युरोमा हस्तान्तरण गरिएको थियो । यो कदमले देशमा व्याप्त प्रतिबन्ध र विदेशी मुद्राको अभावका बेला रुसमाथि असदको निर्भतालाई संकेत गरेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

सिरियामा सन् २०११ देखि गृहयुद्ध चर्केयता रुस, असदको ‘लाइफलाइन’को रहँदै आएको छ । फाइनान्सियल टाइम्सका अनुसार सिरियाली केन्द्रीय बैंकले मस्कोस्ीिथत भुनुकोभो विमानस्थलमा २ टन नगद लैजान विमानको व्यवस्था गरेको थियो । उक्त नगद ‘रसियन फाइनान्सियल कर्पोरेशन बैंक(आरएफके)मा जम्मा गरिएको रिपोर्टमा उल्लेख गरिएको छ ।  

यो बैंक रुसको सरकारी हतियार आयातकर्ता कम्पनी रोसोबोरोन एक्पोर्टद्वारा नियन्त्रित छ । उक्त नगद सिरियामा बसर अल असदको सत्ता जोगाउन रुसले सैन्य सहायता प्रदान गरिरहेका बेला प्रदान गरिएको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.