बिहीबार, बैशाख १०,२०८३ 06:51:14
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 06:51:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

व्यापार समूहको बजार पूँजीकरण १५७४.२७% ले वृद्धि, कारण विशाल बजार

Bizshala
व्यापार समूहको बजार पूँजीकरण १५७४.२७% ले वृद्धि, कारण विशाल बजार
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ४४।६१ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको ५ महिनासम्ममा धितोपत्र बजार पूँजीकरण ४४ खर्ब ४९ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ ।  

गत आवको यसै अवधिसम्म धितोपत्र बजार पूँजीकरण ३० खबृ ७६ अर्ब ५२ करोड रुपैयाँ थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत कम्पनीको सेयरभाउ र सेयर कारोबार वृद्धि हुँदा धितोपत्र बजार पूँजीकरण वृद्धि भएको हो ।  

धितोपत्र बजार पूँजीकरणले सूचीकृत कम्पनीहरुको आकार मापन गर्दछ । कम्पनीको पछिल्लो सेयरभाउलाई सेयर संख्याले गुणा गर्दा आउने योग नै उक्त कम्पनीको बजार पूँजीकरण हो ।  

सूचीकृत कम्पनीहरुको सेयरभाउ वृद्धि र नयाँ कम्पनीहरुको सूचीकरणले बजार पूँजीकरण वृद्धि हुन जान्छ । जब कुनै कम्पनीले राम्रो व्यवसाय गरेको छ, मुनाफा बृद्धि गरेको छ भने त्यस्ता कम्पनीको सेयरभाउ बढ्न सक्छ र यसले पूँजीकरणमा वृद्धि ल्याउन सक्छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

साथै नयाँ कम्पनीहरु जब नेप्सेमा सूचीकृत हुन्छन्, ती कम्पनीका सेयरभाउको मूल्य पनि पूँजीकरण बृद्धि गर्न थप योगदान पुर्याउने गर्दछ । बजार पुँजीकरण मापन गर्दा नेप्सेमा सूचीकृत कम्पनीको सबै सेयर समावेश गरिन्छ ।  

धितोपत्र बजार पूँजीकरण दुई तरिकाले वृद्धि हुन सक्छ । एक प्रतिसेयर मूल्य वृद्धि हुँदा र दोस्रो कम्पनीको कुल सेयर संख्या बृद्धि हुँदा । बजारमा कम्पनीको कुल सेयर संख्या बढ्दा पनि बजार पूँजीकरण बढ्न जान्छ र त्यस्ता कम्पनी लार्ज क्याप कम्पनीमा गनिन्छन् । त्यस्तै, कुनै कुनै कम्पनीको सेयरभाउ मात्रै ह्वात्तै बढ्ने पनि हुन सक्छ, त्यस्ता कम्पनीले पनि धितोपत्र बजार पूँजीकरण बढाउन टेवा पुर्याइरहेको हुन्छ ।  

नेप्सेमा रहेका उपसमूहहरुमध्ये धितोपत्र बजार पूँजीकरण सर्वाधिक व्यापार समूहको वृद्धि देखिएको छ । गत आवको मंसिर महिनासम्म व्यापार समूहको धितोपत्र बजार पूँजीकरण १६ अर्ब ५३ करोड रुपैयाँ मात्रै रहेकोमा चालु आवको यस अवधिसम्म १५७४।२७ प्रतिशतले बृद्धि भएर २ खर्ब ७६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
Garima Development Bank
IME remit

व्यापार समूहअन्तर्गत नेप्सेमा विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी गरी दुईवटा कम्पनी रहेका छन् । नेप्सेमा यी दुईवटै कम्पनीको सेयरभाउ ५ हजार रुपैयाँ भन्दा माथि छ । गत आवको तुलनामा व्यापार समूहको सेयरभाउ ७३.६० प्रतिशतले वृद्धि भएको छ । यसकारण यो समूहको धितोपत्र बजार पूँजीकरण उल्लेख्य बढ्न पुगेको देखिन्छ ।  

मंसिर महिनामा विशाल बजार कम्पनीको सेयरभाउ उल्लेख्य बढेका कारण यो समूहको धितोपत्र बजार पूँजीकरण ह्वात्तै बढेको हो । गत आवको मंसिर महिनासम्म ३८ सय रुपैयाँको हाराहारीमा रहेको सो कम्पनीको सेयरभाउ चालु आवको यस अवधिसम्म आइपुग्दा ६८ प्रतिशतले बढेर ६४ सय रुपैयाँभन्दा माथि पुगेको छ ।  

गत मंसिर महिनामा सरकारसँग भएको कम्पनीको संस्थापक सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै विशाल बजारको बजार पुँजीकरण ह्वात्तै बढेको हो । नेप्सेमा विशाल बजारको ४ करोड १० लाख कित्ता सेयर सूचीकृत छ । जसमा १.०४ प्रतिशत अर्थात् ४ लाख १८ हजार ९६७ कित्ता सेयर मात्रै सर्वसाधारणको छ ।

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.