मंगलवार, असार ९,२०८३ 05:43:00
Bizshala
  • मंगलवार, असार ९,२०८३ 05:43:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मर्चेन्ट बैंकरहरुमा आइपीओ जारी गर्न प्रभु क्यापिटल मात्रै योग्य, के–के छ मापदण्ड ?

Laxmi Sunrise Bank Limited
मर्चेन्ट बैंकरहरुमा आइपीओ जारी गर्न प्रभु क्यापिटल मात्रै योग्य, के–के छ मापदण्ड ?

काठमाण्डौ । मर्चेण्ट बैंकरहरुरमा प्रभु क्यापिटल लिमिटेड मात्रै आइपीओ निष्कासन गर्न योग्य रहेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)नियमावली, २०६७ बमोजिम मर्चेन्ट बैंकरहरुलाई आइपीओ निष्कासन गर्ने बाटो खुला गरिदिएको छ ।  

बोर्डका अनुसार आइपीओ जारी गर्नका लागि मर्चेन्ट बैंकरको चुक्तापुँजी कम्तिमा १ अर्ब रुपैयाँ हुनुपर्ने र व्यवसाय सञ्चालन गरेको १० वर्ष पुरा गरिसकेको हुनुपर्नेछ । प्रभु क्यापिटल यी दुबै मापदण्ड गरिसकेको छ । कम्पनीले चाहेको खण्डमा आइपीओ निष्कासनको प्रक्रिया अघि बढाउन सक्ने बोर्डले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बोर्डका अनुसार कम्तिमा एक अर्ब चुक्तापुँजी भएको मर्चेन्ट बैंकरले ३० प्रतिशतभन्दा कम नहुने गरी नियमअनुसार आइपीओ जारी गर्न सक्नेछ  

हाल ३१ वटा मर्चेन्ट बैंकर सञ्चालनमा रहेपनि २ कम्पनी मात्रै आइपीओ जारी गर्न योग्य रहेको छ । जसमा प्रभु क्यापिटल लिमिटेड र नागरिक लगानी कोष रहेका छन् । नागरिक लगानी कोष आइपीओ जारी गरी यसअघि नै नेप्सेमा सूचीकृत कम्पनी हो । प्रभु क्यापिटलले धितोपत्र व्यवसायी नियमावली बमोजिम आइपीओको प्रक्रिया अघि बढाउन सक्नेछ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रभु क्यापिटलको चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँ छ । कम्पनी सञ्चालनमा आएको १० वर्ष बढी भइसकेको छ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.