काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ(सन्तोष कुमार घिमिरेले संस्थाको सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराई समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो जिम्मेवारी सम्हालेका छन्।
कम्पनीका तत्कालीन सीईओ टीका निधि लोहनीले राजीनामा दिएपछि कम्पनीको फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई २०८२ सालको वैशाख १ गतेदेखि लागू हुनेगरी चार वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको थियो।
यस अघि घिमिरे गोर्खा जफाइनान्सको सीईओको जिम्मेवारीमा रहेका थिए । उनी नेपाल राष्ट्र बैंकका सेवानिवृत्त कर्मचारी समेत हुन्।लामो समयको बैंकिङ अनुभव तथा नेतृत्व क्षमताका आधारमा कम्पनीले घिमिरेलाई सीईओमा नियुक्त गरेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।