काठमाण्डौ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावे टेक्नोलोजिजज्ले आफ्नो नयाँ र सबैभन्दा शक्तिशाली एआई प्रोसेसरलाई परीक्षण गर्ने भएको छ । कम्पनीले अमेरिकी चिप निर्माता कम्पनी एनभिडियालाई कडा चुनौती दिन नयाँ एआई प्रोसेसर विकास गरी त्यसको परीक्षण गर्ने तयारी गरेको हो ।
नयाँ चिपको प्राविधिक मूल्यांकनका लागि हुवावेले केही चिनियाँ टेक कम्पनीहरुलाई प्रस्ताव गरेको छ । कम्पनीले विकास गरेको नयाँ चिपको नाम ‘एसेन्ड ९१०डी’ हो ।
कम्पनीले यो नयाँ चिप एनभिडियाको एच१०० भन्दा शक्तिशाली हुने र यसको पहिलो ब्याचको स्याम्पल मे महिनाको अन्त्यसम्म आउने विश्वास गरेको छ ।
पछिल्लो समय हुवावे र अन्य चिनियाँ कम्पनीहरु एनभिडियासँगको प्रतिष्पर्धामा पछि परिरहेका छन् ।