काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिटिमेड नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये एक हो । यो कम्पनी ‘रन अफ द रिभर प्रोजेक्ट’का आधारमा सञ्चालित कम्नपी हो । यो कम्पनीले माई हाइड्रो पावर प्रोजेक्ट (२२ मेगावट) र माई क्यासकेड हाइड्रो पावर प्रोजेक्ट (७ मेगावट) सञ्चालन गरिरहेको छ । यो कम्पनी सानिमा ग्रुपले सञ्चालनमा ल्याएको हो ।
आधारभूत पक्षः
यस आर्थिक बर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चूक्तापूँजी ३ अर्ब ३९ करोड ८१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब १२ करोड ७१ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको कुल पूँजी ६ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । कम्पनीको खूद मुनाफा २६ करोड ९१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १५.८४ रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १९२ रुपैयाँ र रिर्टन अन इक्विटी ८.२५ प्रतिशत रहेको छ ।
प्राविधिक पक्षः
फियर एण्ड ग्रिड इन्डेक्स
यो इन्डेक्सको आधारमा यो कम्पनी हाल ७५ को तहमा बुलिस सेन्टिमेन्टमा चलेको छ । अथवा कम्पनीको सेयरको भ्यालुमा बिस्तारै आकर्षण बढ्दै गरेको देखिन्छ । यस्तो इन्डेक्समा कम्पनीको सेयर भ्यालु यदि ० देखि २० सम्म हुन्छ भने स्ट्रङ बियरिस , २० देखि ४० सम्म बियरिस ,४० देखि ६० सम्म न्यूट्रल , ६० देखि ८० सम्म बुलिस र ८० देखि १०० सम्म स्ट्रङ बुलिस मानिन्छ ।

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनीे हाल अपर ब्याण्डमा चलेको देखिन्छ । अपर ब्याण्ड र लोअर ब्याण्डको दूरी बढेको छ । म्याक्डीमा केही समय पहिले बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्क र लामा–लामा हुँदै गएका छन् । मनी फ्लो इन्डेक्स ७७ को तहमा चलेको छ । समग्रमा इन्डिकेटरबाट नियाल्दा यो कम्पनीको सेयर भ्यालु अप ट्रेन्डमा चलेको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ – ६१४
प्रतिरोध २ – ५७२
प्रतिरोध १– ५२६
पिभट् प्वइन्टः ४८४
घटेमा सपोर्ट
सपोर्ट १– ४३८
सपोर्ट २– ३९६
सपोर्ट ३ –३५०

निष्कर्षः आधारभूत रुपमा यो कम्पनी मजबुत नै रहेको छ । कम्पनीको चूक्तापूँजीबराबर जगेडा कोष रहेको छ । बुक भ्यालु १९२ रुपैयाँ तथा प्रतिसेयर आम्दानी करिब १६ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी भने करिब २७ प्रतिशले गिरावट आएको छ । प्राविधिक रुपमा यो कम्पनी पियर एण्ड ग्रिडमा बुलिस सेन्टिमेन्टमा चलेको छ । अर्थात इन्डिकेटरबाट नियाल्दा कम्पनीको सेयर भाउमा बिस्तारै आकर्षण बढ्दै गएको देखिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।