काठमाण्डौ । दिग्गज अमेरिकी सेयर लगानीकर्ता वारेन बफेट वर्कशायर हाथवेको सीईओ पदबाट बाहिरिएसँगै कम्पनीको सेयरमूल्यमा उच्च गिरवाट आएको छ । सोमबारको प्रि मार्केटमा कम्पनीको सेयरमूल्य झण्डै २ प्रतिशतले घटेको छ ।
१.१६ ट्रिलियन डलरको कम्पनी हाथवेमा ६० वर्षको यात्रामा पूर्णविराम लगाउदै बफेटले सीईओ पदबाट राजीनामा दिएका छन् ।
कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यक्ष ग्रेग एबेललाई आगामी वर्षदेखि लागू हुने गरी कम्पनीको प्रिसिडेन्ट तथा सीईओ नियुक्त गर्ने निर्णय गरेको छ । तर अध्यक्षको रुपमा भने बफेट यथावत रहने जनाइएको छ ।
एबेललाई वर्कशायर हाथवेको सीईओ नियुक्त गर्ने घोषणा गत शनिबार ओमाहामा आयोजित वार्षिक बैठकमा गरिएको थियो ।
कम्पनीको क्लास बी को सेयरमूल्य प्रतिकित्ता ५३० डलरमा झरेको छ । गत वर्ष कम्पनीको सेयरमूल्य ३३ प्रतिशतले बढेको थियो ।