काठमाण्डौ । एक अर्कामाथि आक्रामक रुपमा ट्यारिफको घोषणा गरेका अमेरिका र चीन अस्थायी रुपमा ट्यारिफ घटाउन सहमत भएका छन् । स्वीट्जरल्याण्ड भएको वार्ता पश्चात दुई देश एक अर्कामाथि लगाएको ट्यारिफ घटाउन सहमत भएका हुन् ।
सोमबार दुवै देशले ट्यारिफ घटाउने घोषणा गरेका हुन् । यसैबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी ९० दिनसम्म दुवै देशले पारस्परिक करमा ११५ प्रतिशतले कटौती गर्ने बताएका छन् । उनले चीन अमेरिकाबीचको वार्तालाई उत्पादकमूल्क र रचनात्मक भएको टिप्पणी गरेका छन् ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आयात हुने वस्तुहरुमा ट्यारिफ घोषणा गरेपश्चात यी दुईबीच पहिलोपटक वार्ता भएको थियो । ट्रम्पले चिनियाँ आयातमा १भ्४५ प्रतिशत ट्यारिफ लगाएका थिए । जसको प्रतिउत्तरमा चीनले पनि केही अमेरिकी उत्पादनहरूमा १२५ प्रतिशतसम्म ट्यारिफको घोषणा गरेको थियो । विश्वका दुई शक्तिशाली र ठूलो अर्थतन्त्र भएका चीनर अमेरिकाबीचको बढ्दो व्यापार तनावले विश्व व्यापार युद्ध र आर्थिक मन्दीको खतरा निम्त्याएको थियो ।
तर, अब चिनियाँ आयातमा अमेरिकी भन्सार ९० दिनका लागि ३० प्रतिशतमा घटाइनेछ भने अमेरिकी आयातमा चिनियाँ भन्सार १० प्रतिशतमा घटाइने भएको छ ।