काठमाण्डौ । आगामी आर्थिक वर्षमा स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गरिने भएको छ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आवको बजेट भाषणमा स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरिने बताएका हुन् ।
साथै सो सम्बन्धी कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र दायरा विस्तार गरिने अर्थमन्त्री पौडेले बताए । ‘आगामी आवमा बीमितहरुको सुविधा थैली क्रमशः बृद्धि गरिदै लगिनेछ’ उनले भने, ‘साथै सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई स्वास्थ्य बीमामा एकीकृत गरिनेछ ।’
साथै बीमितहरुलाई फरक–फरक पोलिसी छनोटको सुविधा समेत उपलब्ध गराइने अर्थमन्त्री पौडेलले बताए । स्वास्थ्य बीमा सुविधाको दुरुपयोग हुन नदिन दोहोरोपन हटाइने उनले बताए ।
आगामी आवको बजेटमा स्वास्थ्य बीमा कार्यक्रमका लागि सरकारले १० अर्ब रुपैयाँ विनियोजन गरेको छ । हालसम्म बाँकी रहेको भुक्तानी दाबी रकम तेस्रो पक्षबाट परीक्षण गराई फरफारक गराइने समेत उनले बताए ।