काठमाण्डौ । अमेरिकी धनाढ्य उद्योगपति एलन मस्कका पिता एरोल मस्क बुधबार विशेष विमानबाट भारतको अयोध्या पुगेका छन् । उनले आफ्नी छोरी र परिवारका अन्य सदस्यहरूसँग रामजन्मभूमिमा राम भगवानको दर्शन गरेका थिए।
विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘यो देशका मानिसहरुलाई प्रेरण दिने स्थानको भ्रमण गर्न पाउनु सौभाग्य हो ।’ उनले अमेरिकामा पनि थुप्रै भारतीयहरु भएकाले भारतीय संस्कृतिबारे आफू परिचित भएको बताए ।
यस्तै उनले भारतमा व्यवसाय गर्ने आफ्नो व्यवसायिक योजना रहेको र यसका लागि विस्तारै काम गरिरहेको समेत बताए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                