IME remit
  • मंगलवार, कार्तिक ११,२०८२ 11:28:25
IME remit
Global IME Bank Limited

औषधी कम्पनीको सेयर किनेका लगानीकर्ता आफैं औषधि खाने अवस्थामा !

Hyundai Nepal
औषधी कम्पनीको सेयर किनेका लगानीकर्ता आफैं औषधि खाने अवस्थामा !
Shivam Cement

काठमाण्डौ । नेपालको ब्रोकरहाउसमा पुग्ने लगानीकर्ताबीच एउटा भनाई बेला–बेला सुनिन्छ, ‘सडकका कुकुरको बाउ र सेयर बजारमा सेयरको भाउ कसैले पनि भन्न सक्दैन । यही भएर पनि हुनसक्छ लगानीकर्ताहरु कहिलेकाही कम्पनीको वित्तीय अवस्थातर्फ ध्यान नै नदिई अरुले उचालेको भरमा सेयरको मूल्य जति पनि तिर्न तयार हुन्छन् ।’ 

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

लगानीकर्ताहरु पछिल्लो समय कतिपय कम्पनीको मूल्य अचाक्ली बढेपछि टुप्पामा पुगेर त्यस्ता सेयर खरीद गरी पछुताउने अवस्थामा समेत पुगेका छन् । भर्खरै आईपीओ जारी गरी बजारमा सूचीकृत कम्पनीहरुको सेयर टुप्पोमा खरीद गरेर फुर्सदमा पछुताउने लगानीकर्ताहरुको संख्या ब्रोकरहाउसमा डूल्दा टन्नै भेटिन्छ । पछिल्लो समय आईपीओ निश्कासन गरी सूचीकृत केही कम्पनीको दोश्रो बजार मूल्य २ हजार माथि पुगेको छ । तिनै कम्पनीको सेयर टुप्पोमा पुगेको बेला थप बढ्ला भन्ने हौवाको पछि लागी खरीद गर्नेहरु पछुताइरहेका छन् ।  

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सेयरभाउ २७ सय पुगेर हाल २३ सयमा चल्दै गरेको छ । नेपाल माइक्रो इन्स्योरेन्सको सेयरभाउ पनि २६५० पुगेर हाल १७ सयमा झरेको छ । यो कम्पनीको सेयर टुप्पोमा खरीद गर्ने लगानीकर्ताहरुले प्रतिकित्ता झण्डै एकहजारले नोक्सानी व्यहोरिसकेका छन् ।  

क्रेष्ट माइक्रो इन्स्योरेन्सको सेयर पनि २४ सयमा पुगेर हाल १५८५ हाराहारीमा कारोबार भइरहेको छ ।  

सेयर बजारमा पछिल्लोपटक चर्चामा रहेको औषधी कम्पनीको सेयर हो ः‘ओम मेगाश्री फर्मास्युटिकल्स ।’ यो कम्पनी नेप्सेमा सूचिकृत हुने पहिलो औषधी कम्पनी पनि हो । टुप्पोमा यो कम्पनीको सेयर किन्ने लगानीकर्ताहरुले पनि पछिल्लो समय प्रतिकित्तामै ६ सय रुपैयाँभन्दा बढी गुमाइसकेका छन् । यो कम्पनीको सेयर प्रतिकित्ता १५ सय रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

सामाजिक सञ्जालमा रमेश भट्टराई नाम गरेका लगानीकर्ताले व्यंग्यात्मक शैलीमा एउटा पोष्ट लेख्दै भनेका छन्, ‘अरुलाई औषधी बेच्ने भनेर ओएमपीएल किनियो, अहिले आफैं औषधी खाएर बस्नु परेको छ ।’  

यो भनाई व्यंग्यात्मक देखिए पनि सेयर बजारको प्रकृति र प्रवृतिसँग मिल्ने खालको पनि छ । किनभने सेयर बजार जोखिमले भरिएको क्षेत्र हो, जहाँ बुद्धि नपुर्याएर अरुले भनेको भरमा मूल्य टुप्पोमा पुगेको बेला सेयर किनियो भने त्यसको मूल्य घट्न थाल्दा खरीदकर्ता डिप्रेसनमा पुग्ने अवस्था बनाइदिनसक्छ । विचार नपुर्याई कमसल कम्पनीको सेयर अरुले उचालेको भरमा किन्दा लगानीकर्ताले नसोचेको घाटा व्यहोर्नुपर्ने हुनसक्छ । हेर्दा हेर्दै आफ्नो सम्पत्ति तीव्र गतिमा घट्न थालेपछि लगानीकर्तामा तनाव हुने, डिप्रेसनको औषधि नै लिनुपर्ने समस्या त सामान्य नै भइगयो । तसर्थ, सेयर बजारमा स्क्रिप्ट छनौट गर्दा ध्यान दिनु नै बुद्धिमानी हुन्छ भन्ने पाठ पछिल्ला घटनाक्रमबाट सिक्न सकिन्छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.