काठमाण्डौ । घरेलु बजारमा आजपनि सुनको मूल्य बढेको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा सुन ४ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
गत शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले बढेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला २ हजार १६५ रुपैयाँमा भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।