बिहीबार, असार ५,२०८२ 03:32:02
  • बिहीबार, असार ५,२०८२ 03:32:02
Global IME Bank Limited

इरानमाथि हमला गर्न योजनालाई ट्रम्पले गरे अनुमोदन, पुटिनले दिए यस्तो अभिव्यक्ति

Hyundai Nepal
इरानमाथि हमला गर्न योजनालाई ट्रम्पले गरे अनुमोदन, पुटिनले दिए यस्तो अभिव्यक्ति
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने योजनालाई अनुमोदन गरेका छन् । अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नलले तीन स्रोतलाई उद्धृत गर्दै यो जानकारी दिएको हो ।

तर, ट्रम्पले अन्तिम आदेश दिनुअघि इरानले आफ्नो आणविक कार्यक्रम त्याग्छ कि त्याग्दैन  भनेर पर्खिरहेका छन् । यसअघि ट्रम्पलाई इरानमाथिको आक्रमणको बारेमा प्रश्न गर्दा उनले इजरायली सैन्य कारबाहीमा अमेरिकाको संलग्नता हुन सक्ने खुलासा गरेका थिए । ट्रम्पले ह्वाइट हाउसमा इरानविरुद्ध सैन्य कारबाहीका लागि पत्रकारसँग भने, ‘म यो गर्न सक्छु, म यो नगर्न सक्छु । मेरो मतलब कसैलाई थाहा छैन म के गर्न जाँदैछु।’

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसअघि इजरायली सञ्चारमाध्यम जेरुसेलम पोस्टले अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम(का कमाण्डर जनरल माइकल कुरिल्लाले राष्ट्रपति ट्रम्पसँग भेटेर इरानका सम्बन्धमा सैन्य विकल्प प्रस्तुत गरेको जानकारी दिएको थियो ।

यसैबीच बुधबार साँझ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल–इरान युद्धबारे टिप्पणी गरेका छन् । रुसी राष्ट्रपतिले इरान र इजरायलबीचको दुश्मनी अन्त्य हुनुपर्ने बताएका छन् । उनले रुसले यस क्षेत्रका आफ्ना सहयोगीहरूलाई कसरी द्वन्द्व बढ्नबाट रोक्ने भन्ने बारे आफ्नो विचार बुझाएको समेत बताए।  

पुटिनले भने, ‘मलाई लाग्छ यो द्वन्द्वका सबै पक्षले एकअर्कासँग सम्झौता गर्ने उपाय खोज्नु उचित हुनेछ।’ यसअघि क्रेमलिनले रुसले इरान र इजरायलबीच मध्यस्थता गर्न सक्ने सुझाव दिएको थियो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.