काठमाण्डौ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानको आणविक स्थलमा अमेरिकी आक्रमणको समर्थन गरेका छन् ।
यससँगै उनले सबै पक्षलाई पुनः वार्ता सुरु गर्न आग्रह गरेका छन् । अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँगको पत्रकार सम्मेलनमा अल्बानीजले भने, ‘हामी कुनै पनि प्रकारको द्वन्द्व वा ठूलो युद्ध चाहँदैनौं।’
उनले थप भने, ‘हामी निरन्तर वार्ता र कूटनीतिका लागि अपिल गरिरहेका छौं ।’ यसबाहेक अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले इरानलाई यस क्षेत्रमा अस्थिरता सिर्जना गर्ने कुनै पनि कदम नचाल्न अपिल गरेका छन् ।