आईतवार, असार २९,२०८२ 08:22:19
  • आईतवार, असार २९,२०८२ 08:22:19
Global IME Bank Limited

चीनले गर्यो विकिरण नभएको सुपर एच बमको परीक्षण, आणविक हतियारभन्दा खतरनाक

Hyundai Nepal
चीनले गर्यो विकिरण नभएको सुपर एच बमको परीक्षण, आणविक हतियारभन्दा खतरनाक
Shivam Cement

काठमाण्डौ । चीनले अप्रिल महिनामा नयाँ सैन्य प्रविधिको परीक्षण गरेको छ । चीनको स्टेट शिपबिल्डिंग कर्पोरेश (सीएसएससी) को ७०५ अनुसन्धान संस्थानले गैर–आणविक हाइड्रोजनमा आधारित विस्फोटकको सफल परीक्षण गरेको छ।  

यो हतियारले परम्परागत थर्मोन्यूक्लियर बम जस्तै रेडियोधर्मी विकिरण उत्पादन गर्दैन, तर यसको विनाश टीएनटी भन्दा धेरै गुणा बढी छ। यो विस्फोटक म्याग्नेसियम हाइड्राइडमा आधारित छ, जसले हाइड्रोजन ग्यास छोडेर लामो समयसम्म जलिरहेको आगोको भयानक गोला बनाउँछ। वैज्ञानिकहरूका अनुसार यो प्रविधिले एक हजार डिग्री सेल्सियसभन्दा बढी तापक्रम उत्पन्न गर्न सक्छ र यदि दुई सेकेण्डभन्दा बढी समयसम्म विस्फोट जारी रह्यो भने यसको असर परम्परागत विस्फोटक पदार्थको तुलनामा १५ गुणा बढी हुन्छ ।

जर्नल अफ प्रोजेक्टाइल्स, रकेट्स, मिसाइल्स एण्ड गाईडेन्समा प्रकाशित एक शोधपत्रमा चीनको यो नयाँ प्रविधिको खुलासा भएको छ । साउथ चाइना मर्निङ पोस्टले यो रिपोर्ट प्रकाशित गरेको छ । जसमा यो चिनियाँ टेक्नोलोजीमा युद्धलाई पूर्ण रूपमा परिवर्तन गर्ने क्षमता रहेको बताइएको छ । तर, यो बमले परमाणु बमजस्तै विकिरण उत्पादन नगर्ने भएकाले यसको प्रयोगलाई लिएर धेरै गम्भीर प्रश्न उठिरहेका छन् । त्यसैले चीनले यसलाई आणविक बमको श्रेणीमा राख्दैन, तर यसको प्रभाव परमाणु बम विस्फोटको भन्दा कम छैन।

Muktinath Bikas Bank Limited

यस यन्त्रको आधारभूत तत्व म्याग्नेसियम हाइड्राइड हो। तताउँदा हाइड्रोजन ग्यास छोड्ने क्षमताको कारण, यो यौगिक हाइड्रोजन भण्डारणमा यसको क्षमता जान्नको लागि अनुसन्धान भइरहेको थियो। सुरुमा यसको उद्देश्य स्वच्छ ऊर्जा सिर्जना गर्न अनुसन्धान गर्नु थियो, ताकि ईन्धन वा परमाणु ऊर्जा पछि नयाँ प्रकारको ऊर्जा पत्ता लगाउन सकियोस् । तर चिनियाँ वैज्ञानिकहरूले यसलाई बममा परिणत गरे।

यो दोहोरो–प्रयोग प्रविधिू को एक खतरनाक उदाहरण हो, जसले ऊर्जा र सुरक्षा दुवै क्षेत्रहरूमा वैज्ञानिक आविष्कारहरूको प्रयोगलाई जनाउँछ। प्रतिवेदनका अनुसार यसअघि प्रयोगशाला स्तरमा दैनिक केही ग्रामको मात्रामा मात्रै म्याग्नेसियम हाइड्राइड सुरक्षित रूपमा तयार हुँदै आएको थियो। तर अहिले चीनको शान्क्सी प्रान्तमा रहेको नयाँ प्लान्टमा वार्षिक १५० टनसम्मको विस्फोटक उत्पादन भइरहेको छ । यो सुरक्षित, छिटो र कम लागतमा रहेको वन–पाट सिन्थेसिसु प्रविधिबाट सम्भव भएको हो।

सीएसएससीको ७०५ रिसर्च इन्स्टिच्युट, जुन टर्पेडोज र मानवरहित अन्डरवाटर भेहिकल (युयुभी) जस्ता पानीमुनि हतियार बनाउन सक्ने क्षमताका लागि परिचित छ, ले यो यन्त्र विकास गरेको छ। यसको आकार धेरै सानो छ र यसको वजन पनि धेरै कम छ, जसका कारण यसलाई सटीक आक्रमण गर्न प्रयोग गर्न सकिन्छ।

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.