काठमाण्डौ । माछापुच्छ्रे क्यापिटल लिमिटेडले विद्यार्थीहरूमा प्रविधिमैत्री अभ्यासको विकास गर्न सहयोग पुर्याउने उद्देश्यले काठमाण्डौ महानगरपालिका–७,कुमारीगाल स्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सेट सहयोग स्वरुप हस्तान्तरण गरेको छ । क्यापिटलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत असार ३१ गते उक्त सहयोग विद्यालयलाई हस्तान्तरण गरेको हो ।
सामग्री हस्तान्तरण समारोहमा माछापुच्छ्रे क्यापिटल लिमिटेडका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई सामग्री हस्तान्तरण गरे ।
विद्यालय व्यवस्थापन समितिले उक्त विद्यालयलाई छनोट गरी प्रदान गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सहयोगले डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । साथै, उनले सामुदायिक शैक्षिक अवस्था प्रवद्र्धन गर्ने यस्ता पहलहरुलाई निरन्तरता दिदै जाओस् भन्ने अपेक्षा व्यक्त गरे ।