बुधबार, असार ३२,२०८२ 08:45:32
  • बुधबार, असार ३२,२०८२ 08:45:32
Global IME Bank Limited

परिसूचक र कारोबार चार महिना पछिकै उच्च, जानकार भन्छन्, ‘सकारात्मक मौद्रिक नीतिको परिणाम’

Hyundai Nepal
परिसूचक र कारोबार चार महिना पछिकै उच्च, जानकार भन्छन्, ‘सकारात्मक मौद्रिक नीतिको परिणाम’
Shivam Cement

काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.२५ प्रतिशत अर्थात ३४.६१ अंकले बढेर २ हजार ७९४.७८ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.६३ प्रतिशतले बढेर ४८९.२७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३० वटा स्क्रिप्टको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर १४ अर्ब ३ करोड ४८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

यससँगै सेयर बजार ४ महिनाकै उच्च विन्दुमा पुगेको छ । यसअघि नेप्से परिसूचक गत फागुन २५ गते २ हजार ७९० विन्दुमा थियो । यसका साथै आज भएको कारोबार समेत गत फागुन १९ पछिकै उच्च हो । गत फागुन १९ गते १४ अर्ब २८ करोड बढीको कारोबार भएको थियो ।  

आजको बजारबारे सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष तारा फुल्लेल भन्छन्,  ‘आजको बजार मौद्रिक नीतिकै कारण सकारात्मक बनेको हो । मौद्रिक नीतिमा भएका सकारात्मक व्यवस्थाका कारण लगानीकर्ताको मनोबल बढेको छ । यसका साथै सेयर बजार बाहेक अन्य क्षेत्रमा लगानीको विकल्प नभएकाले समेत बजारलाई फाइदा पुगेको छ ।’

बैंकिङ सुधार आयोगले राष्ट्र बैंकलाई पूँजी बजारमैत्री सुझाव दिनु पनि सकारात्मक कदम भएको उनले बताए । ‘अघिल्ला दुई गभर्नरको तुलनामा हालका गभर्नरप्रति लगानीकर्ता विश्वस्त भए जस्तो देखिन्छन्,’ उनले भने ।  

Muktinath Bikas Bank Limited

नेपाल पूँजीबजार लगानीकर्ता संघका महासचिव एसपी चौलागाईले पनि लामो समय साइडवेजमा चलेको बजारले गति लिन थालेको बताए । यस्तै लगानीकर्तामैत्री मौद्रिक नीति आएका कारण आगामी दिनमा बजारले ३२ सयको विन्दुलाई सहजै ब्रेक गरेर माथि लाग्ने विश्वास उनले व्यक्त गरे ।  

‘मौद्रिक नीतिबाट उद्योगी व्यवसायीदेखि सेयर लगानीकर्तामा उत्साह छाएको छ । यही कारण आगामी कारोबारदेखि बजारमा थप सुधार देखिनेछन्,’ उनले भने ।      

यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छायो । आज विकास बैंक समूह सर्वाधिक बढ्यो । यो समूह आज ३.७१ प्रतिशतले बढ्यो । बैंकिङ समूह पनि आज १.७४ प्रतिशत, फाइनान्स ०.७३, होटल ०.१३, हाईड्रो १.१२, लगानी ०.८४, जीवन बीमा १.०४, उत्पादन तथा प्रशोधन १.२२, लघुवित्त २.०४, म्युचुअल फण्ड २.०५,निर्जीवन बीमा २.१४, अन्य ०.४१ र व्यापार समूह ०.२६ प्रतिशतले बढ्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन बुटवल पावरको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ६१ करोड ८७ लाख बढीको कारोबार भयो । राधी विद्युतको पनि आज ५६ करोड ६९ लाख, सानिमा माई हाईड्रोको ३९ करोड ९२ लाख, लुम्बिनी विकास बैंकको ३४ करोड २५ लाख र साहस उर्जाको ३३ करोड ७३ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका २ वटा स्क्रिप्टमा मात्रै अपर सर्किट लाग्यो । आज १० प्रतिशत केबीएल डिबेञ्चर र थ्रीस्टार हाईड्रोको सेयरमूल्यमा मात्रै अपर सर्किट लाग्यो ।  

ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य पनि आज ८.४१ प्रतिशत, अपर हेवाखोला हाईड्रोको ८.३० र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य ८.०३ प्रतिशतले बढ्यो ।  

आज माईखोला हाईड्रोको सेयरमूल्य सर्वाधिक अर्थात ७.८७ प्रतिशतले घट्यो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.९० र उन्नती सहकार्य लघुवित्तको सेयरमूल्य २.१४ प्रतिशतले घट्यो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.