काठमाण्डौ । अमेरिकी सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । अमेरिकाको एस एण्ड पी ५०० इनडेक्स ०.५४ प्रतिशतले बढेर ६ हजार २९७.३६ विन्दुमा बन्द भएको छ ।
यो हालसम्मकै उच्च क्लोजिङ हो । यससँगै यो वर्ष एस एण्ड पी ५०० ले नवौंपटक नयाँ उचाई चुम्न सफल भएको छ । दिग्गज टेक कम्पनी नास्डकको सेयरमूल्य ०.७५ प्रतिशत बढेको छ । यससँगै यो कमपनीको सेयरमूल्यले यो वर्ष मात्रै दशौंपटक नयाँ रेकर्ड कायम गरेको छ ।
डाउ जोन्स इन्डस्ट्रियल एभरेज पनि ०.५२ प्रतिशत अर्थात २२९.७१ अंकले बढेको छ । यससँगै यो इनडेक्स ४४ हजार ४८४.४९ विन्दुमा बन्द भएको छ । डाउ जोन्स इन्डस्ट्रियलमा कारोबार भएको पेप्सिकोको सेयरमूल्य ७ प्रतिशत भन्दा बढीले बढेको छ । यस्तै युनाइटेड एयरलाइन्सको सेयरमूल्य पनि ३ प्रतिशतले बढेको छ । अपेक्षा गरेभन्दा राम्रो आम्दानी गरेका कारण यनी कम्पनीहरुको सेयरमूल्य वृद्धि भएको हो ।
यो साता अधिकांश वालस्ट्रिट कम्पनीको त्रैमासिक प्रतिवेदनमा अपेक्षा गरेभन्दा बढी आम्दानी भएको देखिएको छ । जसले लगानीकर्ताको आत्मबल बढेको छ । मिडिया रिपोर्टहरुका अनुसार करिब ८८ प्रतिशत कम्पनीहरुको आम्दानी अपेक्षा गरेभन्दा बढी भएको छ ।