काठमाण्डौ । विकास बैंक समूहले नयाँ रेकर्ड बनाएको छ । नेप्सेको फ्लोरसिटअनुसार यो समूह हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आजसम्म विकास बैंक समूह ६ हजार ५६८ विन्दुमा पुगेको छ । जुन यो हालसम्मकै उच्च हो । यसअघि २०७८ भदौ २ गते यो समूह ६ हजार ४१८ विन्दुमा पुगेको थियो ।
आज विकास बैंक समूहको २ अर्ब ९८ करोड रुपैयाँमाथिका सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी विकास बैंक समूह ३.०४ प्रतिशतले बढ्दा सबै बैंकको सेयरभाउ बढ्न पुगेको छ ।
पछिल्लो समय विकास बैंक समूहअन्तर्गत लो क्यापमा गनिने बैंकहरुमा लगानीकर्ता बढी आकर्षित छन् । ग्रीन डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी र सिन्धु विकास बैंक जस्ता बैंकहरुको सूचीकृत सेयर संख्या थोरै भएकाले विकास बैंक समूहको चार्म बढ्दो छ ।
यसअघि गत साउन ८ गते हाइड्रो समूह पनि हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिनसम्म हाइड्रो समूह ३ हजार ९४१.९५ विन्दुमा पुगेको थियो । यसअघि २०७८ भदौ २ गते हाइड्रो समूह ३ हजार ८७७ को विन्दुमा पुगेको थियो ।