मंगलवार, श्रावण १३,२०८२ 01:20:19
  • मंगलवार, श्रावण १३,२०८२ 01:20:19
Global IME Bank Limited

शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?

Hyundai Nepal
शिवम् सिमेन्टको सेयरभाउ ‘स्ट्रङ बुलिस’ सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत सिमेन्ट कम्पनीहरु मध्ये एक हो । यो कम्पनीलाई नेप्सेले उत्पादन तथा प्रसोधन समूहमा राखेको छ । हाल दोस्रो बजारमा शिवम् सिमेन्ट, घोराही सिमेन्ट सोनापुर सिमेन्ट र सर्वोत्तम सिमेन्ट जस्ता सिमेन्ट कम्पनीहरुको कारोबार हुँदै आएको छ ।    

आधारभूत पक्षः  

गत आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चूक्तापूँजी ५ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भमा ४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । यो सँगै कम्पनीको कुल पूँजी ९ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । कम्पनीको बुक भ्यालु १८१ रुपैयाँ रहेको छ ।  

रिर्टन अन इक्विटी ५.४ प्रतिशत रहेको छ ।  कम्पनीको तेस्रो त्रैमाससम्म खुद मुनाफा ४० करोड ५ लाख रुपैंयाँ  रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ७.७९ रुपैंयाँ रहेको छ भने कम्पनीको ७ वर्षको औषत लाभांश दर करिब १२ प्रतिशत रहेको छ ।  

Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड इन्डेक्स  

फियर एण्ड ग्रिड इन्डेक्समा हाल यो कम्पनी ८५ को तहमा स्ट्रङ बुलिस चलेको देखिन्छ । यो भनेको यस कम्पनीमा लगानीकर्ताहरुको आकर्षण अधिक रहेको छ भन्ने हो । कम्पनीको ५२ साताको न्यून मूल्य प्रतिकित्ता ४८८ रुपैयाँ र उच्च  मूल्य ६८८ रुपैंया रहेको छ । यस कम्पनीको शतप्रतिशत सेयर सर्वसाधारणमा परिर्णत भएको छ । यस कम्पनीको सेयर ब्रोकर नम्बर ४८ ,५७ र ३४ बाट उच्च हाल्ङिङ रहेको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आएसआई  

बोलिङ्गर ब्याण्डको आधारमा यो कम्पनी हाल केही समयदेखि अपर ब्याण्डमा चलेको देखिन्छ । म्याक्डीमा यस अघि नै बुलिस क्रसओभर बनेका छन् भने हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसआई ओभरबट जोन ८८ को तहमा चलेको देखिन्छ । मनी फ्लो इन्डेक्समा भने ९१ को तह ओभर बट जोनमा चलेको देखिन्छ । सम्रगमा विभिन्न इन्डिकेटरबाट नियाल्दा यो कम्पनी हाल बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ७९०

प्रतिरोध २ – ७२७

प्रतिरोध १–  ६८३

पिभट् प्वइन्टः ६१८

घटेमा सपोर्ट

सपोर्ट १– ५७६

सपोर्ट २– ५२०

सपोर्ट  ३ –४६९  

निष्कर्षः दोस्रो बजारमा उत्पादन समूहमा सूचीकृत शिवम सिमेन्ट लगानीकर्ताको रोजाइमा पर्दै आएको कम्पनी हो । आधारभूत रुपमा यो कम्पनी राम्रै देखिन्छ । जगेडा कोषमा ४ अर्ब ४२ करोड पूँजी रहेको यस कम्पनीको १८१ रुपैंया बुक भ्यालु रहेको छ । प्राविधिक रुपमा यो कम्पनी हाल पिभट् प्वइन्ट भन्दा माथि चलेको छ । यो कम्पनीको सेयरभाउ हाल फियर एण्ड ग्रिड इन्डेक्समा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ । यस हिसाबले यस कम्पनीको सेयर मुल्यमा लगानीकर्ताहरुको अधिक आकर्षण रहेको देखिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.