सोमबार, श्रावण १८,२०८३ 01:05:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:05:06
Bizshala
Global IME Bank Limited

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०% लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?

बर्कशायर हाथवेको कुल पोर्टफोलियोको झण्डै ५०%  लगानी यो स्टकमा मात्रै, यस्तो छ खास कारण ?
New Office

काठमाण्डौ । सेयर बजारको बादशाहको उपनामले परिचित बारेन बफेट आफ्ना लगानी रणनीतिका कारण चर्चित छन् । बफेटको कम्पनी बर्कशायर हाथवेले एउटा मात्रै कम्पनीमा आफ्नो पोर्टफोलियोको झण्डै ५० प्रतिशत लगानी गरेको छ ।  

बर्कशायर हाथवेले त्यो कम्पनीमा ३६४ अर्ब डलर लगानी गरेको छ । बफेटले पैसा बर्साएको त्यो कम्पनी हो,एप्पल ।  

एप्पलमा बर्कशायर हाथवेको कुल पोर्टफोलियोको ४३ प्रतिशत हिस्सा रहेको छ । बर्कशायरका लागि एप्पल सबैभन्दा मुनाफामुलक भेन्चरका रुपमा रहेको छ ।  सन् २०१६ पश्चात एप्पलबाट बर्कशायर हाथवेले ३७५ प्रतिशतभन्दा धेरै प्रतिफल प्राप्त गरिसकेको छ ।  

एप्पलप्रति बफेट के कारणले आकर्षित भए ?

बफेटले सन् २०१६ देखि एप्पलमा लगानी गर्न सुरु गरेका थिए । बफेटले लगानीका लागि एप्पललाई रोज्नुलाई उच्च गुणस्तरको व्यवसाय र वृद्धिको सम्भावनाप्रति बफेटको रुचिलाई दर्शाउँछ ।  

एप्पलको प्रतिष्ठित ब्राण्ड र मूल्यमा भएको पकड तथा विस्तारयोग्य हार्डवेयरले यसलाई बजारको अग्रेणीको रुपमा उभ्याएको छ । सन् २०२३ मा आइफोन एक्लैले बिक्रीमार्फत २०१ अर्ब डलर आर्जन गरेको थियो । बफेटले एप्पल जस्तै कोका–कोला र अमेरिकन एक्सप्रेस जस्ता बलिया ब्राण्डलाई लगानीको पहिलो रोजाई बनाएका छन् ।  

एप्पलको राम्रो प्रफिट मार्जिन,नगद प्रवाह र उत्साहजनक ब्यालेन्स सिटका कारण बफेट कम्पनीमा लगानी गर्ने निर्णयमा पुगेका  हुन् ।  

बर्कशायरको पोर्टफोलियो र लगानी रणनीति

लगानीकर्ताले मुख्यतःलगानीको प्रेरणाका लागि बर्कशायर हाथवेलाई पछ्याउने गर्छन । तर वर्तमान समयमा परिवर्तन भईरहेको एप्पलको भ्यालुएसन र वृद्धिको सम्भावनालाई हेर्ने हो भने अन्य अवसरहरुको खोजी गर्नु बुद्धिमानी हुन सक्ने विज्ञहरुले बताएका छन् । मोर्टले फुल स्टकका सल्लाहकारले राम्रो प्रतिफल दिने अन्य स्टकहरुका बारेमा बताएका छन् । उनले परिवर्तशील बजारमा पोर्टफोलियो विविधिकरण गर्न र बजार अनुकुल लगानी गर्न सुझाव दिएका छन् ।  

अहिले एप्पलको पीई रेसियो २६.६ गुणा रहेको छ । बफेटले लगानी सुरु गर्दा कम्पनीको पीई रेसियो १०.६ गुणा थियो ।  

कम्पनीले अहिले सामना गरिरहेको सुस्त वृद्धि आँकलनले बफेट कम्पनीमा कतिन्जेल टिकिरहन्छन् त्यो हेर्न भने बाँकी नै छ ।  -एजेन्सी

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.