आईतवार, श्रावण १८,२०८२ 10:08:26
  • आईतवार, श्रावण १८,२०८२ 10:08:26
Global IME Bank Limited

सिवाईसी नेपाल लघुवित्तको नाफा २०८% ले बढ्यो, ईपीएस ४४.०९ रुपैयाँ

Hyundai Nepal
सिवाईसी नेपाल लघुवित्तको नाफा २०८% ले बढ्यो, ईपीएस ४४.०९ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ११ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २०८.४४ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोहि अवधिसम्म भने संस्थाले ३ करोड ८० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी ४५ करोड ३ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ४१.२९ प्रतिशतले बढी हो । अघिल्लो आवमा संस्थाले ३१ करोड ८७ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Muktinath Bikas Bank Limited

संस्थाको खुद सञ्चालन आम्दानी ४९ करोड ९४ लाख र सञ्चालन मुनाफा १६ करोड २७ लाख रुपैयाँ पुगेको छ । संस्थाको सञ्चालन खर्च केही बढेको छ । अघिल्लो आवमा ३३ करोड २७ लाख रुपैयाँ रहेको सञ्चालन खर्च बढेर ३३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाले रिटेन्ड अर्निङ र रिजर्भ दुवै बढाएको छ । रिटेन्ड अर्निङ २ करोड ३३ लाखबाट बढेर ११ करोड ३३ लाख पुगेको छ । रिजर्भको आकार पनि ३३ करोड ८८ लाखबाट ३५ करोड ८६ लाख कायम भएको छ ।  

यो अवधिमा संस्थाले २ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन र ६ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

इम्पेयरमेन्ट चार्जका लागि संस्थाल २ करोड २ लाख रुपैयाँको व्यवस्था गरेको छ  । संस्थाको खराब कर्जा अनुपात केही घटेको छ । अघिल्लो आवमा ४.९५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ४.५४ प्रतिशत पुगेको छ । संस्थाको वितरणयोग्य मुनाफा ९ करोड १० लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)४४.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७७.१७ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७६४.८४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४०.२८ गुणा र तरलता अनुपात १४.३५ प्रतिशत कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.