काठमाण्डौ । बुधबारबाट सुरु हुने नाइमा अटो मोबिलिटी प्रदर्शनीमा टिभीएसले नेपाली बजारका लागि निकै प्रतिक्षित प्रिमियम कनसेप्ट मोटरसाइकलहरू, आईसीइ इन्जिन तथा इलेक्ट्रिक स्कुटरहरूको नयाँ सिरिज सार्वजनिक गर्दैछ।
टिभिएसको स्टल एल३ए (हल वि) मा प्रस्तुत गरिने नयाँ मोडेलहरूमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आईक्युब, र विश्वासिलो जुपिटर लागेतका २–व्हीलर सवारीहरु रहनेछन्।
साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्यूचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिनेछन् ।
टिभिएसको स्टलमा आउने सबैलाई रमाइलो अनुभव मिल्नेछ, दैनिक लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौका, रेजिस्ट्रेसन गर्ने हरेक दिन सहभागीहरूलाई टिभिएस प्रिमियम हेल्मेट, र अन्ततः ग्राहकहरूको विश्वास जित्ने सबै टिभिएस प्रडक्टहरुमा लाइफटाइम वारेन्टी जस्ता विशेष योजनाहरू यस वर्षको मुख्य आकर्षण हुनेछन् ।