• बिहीबार, भाद्र २६,२०८२ 03:33:21
Global IME Bank Limited

घरजग्गा कारोबारबाट एकै महिनामा ३.५९ अर्ब राजश्व संकलन,ललितपुर कार्यालयबाट सबैभन्दा धेरै

Hyundai Nepal
घरजग्गा कारोबारबाट एकै महिनामा ३.५९ अर्ब राजश्व संकलन,ललितपुर कार्यालयबाट सबैभन्दा धेरै

काठमाण्डौ । फागुन महिनामा घरजग्गा कारोबारबाट सरकारले ३ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा देशभरका मालपोत कार्यालयबाट ३ अर्ब ५९ करोड २६ लाख ९१ हजार ०८१ रुपैयाँ राजश्व संकलन भएको हो । माघ महिनामा सरकारले घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड बढी राजश्व संकलन गरेको थियो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

फागुन महिनामा सबैभन्दा धेरै राजश्व संकलन भूमिसुधार तथा मालपोत कार्यालय ललिपुरबाट भएको छ । यो कार्यालयबाट ३२ करोड ५८ लाख रुपैयाँ राजश्व संलकन भएको छ । त्यस्तै मालपोत कार्यालय चावहिल काठमाण्डौबाट २३ करोड ३० लाख र भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २३ करोड १७ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।  

फागुन महिनामा सबैभन्दा कम राजश्व संकलन गर्नेमा मालपोत कार्यालय सिर्दिवास रहेको छ । यो कार्यालयबाट १ लाख ७ हजार रुपैयाँ मात्रै राजश्व संकलन भएको छ ।  

 

फागुन महिनामा देशका मालपोत कार्यालयहरुबाट ५० हजार ९९८ लिखत पारित भएको छ । यचो महिना सबैभन्दा लिखित पारित भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा,सुनसरीबाट भएको छ । यो कार्यालयबाट २००६ लिखत पारित भएको छ । त्यस्तै भूमिसुधार तथा मालपोत कार्यालय जनपुरबाट १ हजार ९९७ र भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाबाट १ हजार ८५० लिखित पारित भएको छ ।  

सबैभन्दा कम लिखित मुस्ताङ मालपोत कार्यालयबाट भएको छ । यो कार्यालयबाट जम्मा ६ वटा लिखित पारित भएको विभागले जनाएको छ ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.