शुक्रबार, श्रावण २३,२०८२ 05:54:17
  • शुक्रबार, श्रावण २३,२०८२ 05:54:17
Global IME Bank Limited

‘स्मार्ट मनी कन्सेप्टबाट’ नियाल्दा बजारको अबको सम्भावना कस्तो ?

Hyundai Nepal
‘स्मार्ट मनी कन्सेप्टबाट’ नियाल्दा बजारको अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । अघिल्लो साता पनि  ५ दिन नै सेयर  कारोबार भएको थियो  । यो साता ५ दिनको कारोबारमा बजार ३ दिन घट्यो भने २ दिन मात्रै बढ्यो । अघिल्लो साता  २ हजार ९२२.६३ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ८५०.३७ मा बन्द भयो  ।  

यस हिसाबले यो साता ७२.२६ अंकले बजार घट्यो । अघिल्लो साता ६०.०१ अंकले बजार घटेको थियो । यो साता बजारमा ४९ अर्ब ४ करोडबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ९६ अर्ब ८९ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।  

यस हिसाबले यो साता बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । यो साता बजार घट्दा  बजार पूँजीकरण ४७ खर्ब ५७ अर्बमा सीमित बन्यो । अघिल्लो साता बजार पूँजीकरण ४८ खर्ब ७६ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार घट्दा लगानीकर्ताहरुको सम्पति १ खर्ब १९ अर्बले घट्यो ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

प्राविधिक पक्षः  

स्मार्ट मनी कन्सेप्ट (एसएमसी) भनेको के हो ?

स्मार्ट मनी कन्सेप्ट भनेको ‘स्मार्ट मनी’ले प्रयोग गर्ने ट्रेडिङ रणनीतिहरू हुन् । खासगरि यस्ता रणनीति अपनाउने भनेका बैंक, हेज फण्ड, म्युचुअल फण्ड र पेन्सन फण्ड जस्ता ठूला वित्तीय व्यवसायीहरू हुन् । स्मार्ट मनीले गर्ने त्यस्तो कारोबार रणनीति भनेको खासगरि २ वटा हुन्छन् ।  

जसमा मुख्यगरि चेन्ज अफ क्यारेक्टर र ब्रेक अप स्टक्चर हुने गर्छन् । यसमा पनि बुलिस/ बियरिस ब्रेक अप स्ट्रक्चर र चेञ्ज अफ क्यारेक्टर रहने गर्छन् ।  चेन्ज अफ क्यारेक्टरले ट्रेण्ड परिवर्तन हुँदै गरेको संकेत गर्छ । त्यसैगरि ब्रेक अप स्टक्चरले ट्रेण्ड निरन्तरताको संकेत गर्छ ।  

यो साताको बजारको अवस्था कस्तो ?

पछिल्लो समय २६ सयको विन्दुबाट माथि लागेको बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा २६६०  को विन्दुबाट माथि लागेपछि बजारले बुलिस चेन्ज अफ क्यारेक्टर बनाएको थियो । त्यसपछि बजार ४०० अंक बढेको देखिन्छ । तीन हजारको विन्दुमा पुगेको बजारमा बिक्री दबाबपछि २ साता लगातार गिरावट आयो ।

तीन हजारको विन्दुबाट खसको बजार २९२९ को विन्दुको बलियो सपोर्ट भत्किए पछि वियरिस चेन्ज अफ क्यारेक्टर बनाएको देखिन्छ । जसलाई कारोबार तथा भोल्युमले पनि पुष्टि गरेको छ । अघिल्लो साता ९७ अर्ब कारोबार भएको बजारमा यो साता ४९ अर्ब ४ करोडको मात्रै सेयर कारोबार भयो ।

यो साताका अन्तिम ४ कारोबार दिनमा बजारले २८३२ को विन्दु आसपासमा बलियो सपोर्ट बनाएको छ । यद्यपी बजारले फेरि बुलिस क्यारेक्टर भने बनाई सकेको अबस्था छैन । आगामी दिनमा बजार (२० दिनको औषत कारोबार) १५ अर्ब भन्दा माथि कारोबार सहित २९ सय माथि टिकेको खण्डमा मात्रै माथिको यात्रा फेरि लियो भन्न सकिन्छ । अन्यथा हालको बजार एसएमसीबाट नियाल्दा  करेक्टिभ नै हो ।  

मूभिङ एभरेजको आधारमा  

मुभिङ एभरेज भनेको अंकगणितिय तथ्यांकहरुलाई मुभ हुँदै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेष गरी ५ , २० , ५० र २००  दिने रेखाहरुको चाल हेर्ने गरिन्छ । यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ । छोटो समयको बजारको चाल हेर्न छोटो समयकै मूभिङ एभरेज र लामो समयको बजारको चाल हेर्न लामो समयकै चाल हेर्ने गरिन्छ ।  

मुभिङ  एभरेजबाट हालको बजारलाई नियाल्दा ५ दिने र २० दिने रेखा भन्दा तल खसेको देखिन्छ । अर्थात छोटो समयको चाल अनुसार बजारमा केही बिक्री दबाब आएको देखिन्छ ।  

बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई  

साप्ताहिक रुपमा बोलिङ्गर ब्याण्डको आधारमा यो साताको बजारले अपर ब्याण्डलाई छोडेर मध्य ब्याण्डतर्फ आकर्षित भएको छ । म्याक्डीमा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ तर हिस्टोग्राम भने फिक्का हुँदै गएका छन् । आरएसआई ओभर बट जोनबाट खसेर हाल ५८ को तहमा चलको देख्रिन्छ । समग्रमा विभिन्न इन्डिकेटरबाट नियाल्दा यो साताको बजारमा बिक्री दबाब परेको देखिन्छ ।  

पिभट् प्वइन्टः  

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ – ३१०९

प्रतिरोध २ – ३०६८

प्रतिरोध १–  २९९५

पिभट् प्वइन्टः २९५५

घटेमा सपोर्ट 

सपोर्ट १– २८८२

सपोर्ट २– २८४२

सपोर्ट  ३ –२७७०

निष्कर्षः यो साता सेयर बजारमा कारोबार र सूचक दुवैमा गिरावट आयो । अघिल्लो साता करिब ९७ अर्बको सेयर कारोबार भएकोमा यो साता ४९ अर्ब ४ करोडमा सीमित बन्यो । नेप्से परिसूचकमा करिब ७२ अंकको गिरावट आयो ।  

अघिल्लो साता पनि बजारमा गिरावट आएको थियो । बजारलाई विभिन्न इन्डिकेटर तथा मूभिङ एभरेजबाट नियाल्दा बिक्री दबाब आएको देखिन्छ । पछिल्लो बजारलाई स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा २९ सय २९ विन्दुबाट तल खसेपछि बियरिस चेञ्ज अफ क्यारेक्ट बनाएको देखिन्छ ।

यो साता २८५० को विन्दुमा बन्द भएको बजार यदि आगामी साता १५ अर्बको औषत भोल्यूम भन्दा बढी कारोबार भएर २९ सय विन्दुमाथि क्लोजिङ हुन्छ भने बजारले पुनः एकपटक माथिको यात्रा तय गर्दै गरेको बुझिने छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेष्ण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.