• मंगलवार, श्रावण २७,२०८२ 12:32:43
Global IME Bank Limited

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो

Hyundai Nepal
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो
Shivam Cement

काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३.६३ प्रतिशतले धेरै हो । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा ६८ करोड ८१ लाख रुपैयाँ थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म २ अर्ब ५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ११.५८ प्रतिशतले धेरै हो । कम्पनीको अन्य प्रत्यक्ष आम्दानी २ करोड ६८ लाख,कमिशन आम्दानी ५१ करोड ९२ लाख, लगानी तथा कर्जा आम्दानी ४७ करोड ५९ लाख र अन्य आम्दानी १ करोड ३७ लाख रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल आम्दानी ३ अर्ब ९ करोड र खुद दाबी भुक्तानी १ अर्ब १३ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ८ करोड कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ३.३५ प्रतिशतले कम हो । कम्पनीको महाविपत्ती कोषको आकार २२ करोड ४३ लाख र रिटेन्ड अर्निङ ९५ करोड ५० लाख रुपैयाँबराबर रहेको छ ।  

कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २५.४१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७४.५६ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५२.२० रुपैयाँ तरलता अनुपात १.१० प्रतिशत र मूल्य आम्दानी अनुपात ३३.०७ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.