• बिहीबार, भाद्र २६,२०८२ 03:55:18
Global IME Bank Limited

रौतहटमा मनि ट्रान्सफर सञ्चालकको कञ्चटमा गोली प्रहार, तीन भारतीय लुटेरा पक्राउ

Hyundai Nepal
रौतहटमा मनि ट्रान्सफर सञ्चालकको कञ्चटमा गोली प्रहार, तीन भारतीय लुटेरा पक्राउ

काठमाण्डौ । रौतहटमा एक मनि ट्रान्फसरका सञ्चालकमाथि लुटपाटको उद्देश्यले गोली प्रहार भएको छ ।  

स्थानीय शिव मनि ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि भारतीय हतियारधारी समूहले गोली प्रहार गरेको हो ।  

जिल्ला प्रहरी कार्यालय रौतहटकी प्रवक्ता एलिजा गिरीका अनुसार पेस्तोलसहित भारतबाट आएको तीनजनाको समूहले रौतहटको परोहा ९ मा रहेको मनि टान्सफरमा लुटपाट गरेको थियो । सो क्रममा सञ्चालक साहले प्रतिकार गर्न खोजेका थिए । त्यसपछि हतियारी समूहले साहको कञ्चटमा गोली प्रहार गरेको थियो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

गोली प्रहार गरी गम्भीर घाइते साहलाई उपचारका लागि वीरगञ्ज लगिएको छ । अस्पतालले उनको अवस्था खतरामुक्त रहेको आफूहरुलाई जानकारी दिएको डिएसपी गिरीले जानकारी दिइन्।  

उनका अनुसार लुटपाट र गोली प्रहारमा संलग्न तीनैजनालाई हतियारसहित प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका तीनैजना भारतको बिहार राज्यस्थित मोतिहारीको स्थायीबासी रहेका पत्ता लागेको समेत गिरीले जानकारी दिइन् ।  

यो पनि हेर्नुहोस

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.