काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ५४ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । योृ रकम कम्पनीले अघिल्लो आवको सोही अवधिसम्म आर्जन गरेको खुद नाफाको तुलनामा ५.६५ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद बीमाशुल्क आम्दानी भने २५.२९ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ४ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसमम कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले ५ अर्ब ४० करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा यस्तो रकम ४ अर्ब ४५ करोड रुपैयाँ थियो ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ६१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा २६.९६ प्रतिशतले धेरै हो ।
कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब ९० करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। यो रकम अघिल्लो आवको तुलनामा २६.४० प्रतिशतले बढी हो । अघिल्लो आवसम्म कम्पनीको कुल खर्च ३ अर्ब ८७ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १९ करोड ६६ लाख रुपैयाँबराबर रहेको छ । यस्तै कम्पनीको रिटेन्ड अर्निङ ९८ करोड ६८ लाख रुपैयाँ र सेयर प्रिमियम शीर्षकमा १ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५४.२३५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६४.६० रुपैयाँ र पीई अनुपात ४३.७२ गुणा कायम भएको छ ।