काठमाण्डौ । सेयर लगानीकर्ताहरुको समूहले आजपनि नेपाल स्टक एक्सचेञ्ज(नेप्से) पुगेर सेयरबजारमा रहेको अन्तिम १५ मिनेटको भारित औषत मूल्यको व्यवस्था हटाउन माग गरेका छन् । लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत(सीईओ) चुडाामणी चापागाईलाई भेटेर अन्तिम १५ मिनेटको व्यवस्था हटाउने मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।
आईपीओ, हकप्रद र संस्थापक सेयरको लकइनले साइडवेजमा चलिरहेको सेयरबजारलाई अन्तिम १५ मिनेटको व्यवस्थाले थप कमजोर पारेको लगानीकर्ताले दाबी गरेका छन् । उक्त व्यवस्था अवैज्ञानिक र एकतर्फी रुपमा ल्याइएकाले लगानीकर्ताको मनोबल खस्किएको लगानीकर्ताले आरोप लगाएका छन् । उनीहरुले २्रः ४५ पछि सेयर कारोबार गर्नुको कुनै अर्थ नरहेको समेत बताएका छन् ।
यस्तै लगानीकर्ताले उक्त व्यवस्थाका कारण मास सेन्टिमेन्ट नकारात्मब बनेको र टेक्निकल एनालिसि चार्ट बिगारेको समेत बताएका छन् ।

