आईतवार, जेष्ठ ३,२०८३ 06:06:04
Bizshala
  • आईतवार, जेष्ठ ३,२०८३ 06:06:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

हिमालयन इन्टरप्राइजेजको नाममा पुल्चोकमा रहेको ४.४ रोपनी जग्गा हडप्ने प्रयास, कम्पनीको प्रष्टीकरण

Laxmi Sunrise Bank Limited
हिमालयन इन्टरप्राइजेजको नाममा पुल्चोकमा रहेको ४.४ रोपनी जग्गा हडप्ने प्रयास, कम्पनीको प्रष्टीकरण
Shivam Cement

काठमाण्डौ । हिमालयन इन्टरप्राईजेज प्रा.लि.ले २०३८ साल देखि विभिन्न तहगत न्यायिक निकायबाट कानूनी उपचारको माध्यमबाट आफ्नो नाममा हक कायम भएको ललितपुरको पुल्चोकस्थित कित्ता नं. ४३ को ४–४–१–० रोपनी जग्गामाथि केही दिनदेखि केही समूहले अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरिरहेको र कम्पनीका संचालकहरुको व्यक्तिगत मानप्रतिष्ठामा आँच आउने गरी भ्रमपूर्ण समाचारहरु सम्प्रेषण भएका भन्दै कम्पनीले आपत्ति जनाएको छ ।  

आइतबार एक विज्ञप्ति जारी गर्दै हिमालयन इन्टरप्राइजेज कम्पनीले आपत्ति जनाएको हो । 

Bizshala
New Office
CG Motors

‘मिति २०५१/०२/१० मा कम्पनी खरिद संगै कम्पनीको सम्पत्तीको रुपमा आएको उक्त कि.नं. ४३ को जग्गा छुट दर्ता सम्वन्धमा श्री सर्वोच्च अदालतवाट मिति २०५७/०२/३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) मिति २०६२/०७/०१ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयवाट कानून वमोजिम गर्नु भनि भएको फैसला अनुरुप कार्वाही हुँदा मिति २०६६/०४/१२ मा वडा नं. ३ को कार्यालयवाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पुर्ण गुठि तथा सम्वन्धीत पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरे पश्चात उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भए अनुरुप मिति २०६७/०९/२९ मा हिमालयन इन्टरप्राईजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भई आएको व्यहोरा जानकारी गराउदछौं ।’ विज्ञप्तिमा भनिएको छ–‘सो जग्गा सम्वन्धमा विभिन्न व्यक्तिहरुले हकदावीे गरि मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरेतापनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४–CI–०४८२) र (०७४–CI–०४८४) मा श्री सम्मानित सर्वोच्च अदालतवाट मिति २०७९/११/२३ अन्तिम फैसला भईसकेको अवगत गराउदछौं ।’

कम्पनीले आफूले कानूनबमोजिम प्राप्त गरेको जग्गालाई बिनाआधार र प्रमाण भ्रम फैलाई सामूहिक रुपमा जग्गामाथि अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गर्ने कार्य नगर्न नगराउन तथा सत्यतथ्य नबुझी समाचार सम्प्रेषण नगरिदिन समेत अपील गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.