बुधबार, भाद्र २५,२०८२ 12:26:19
  • बुधबार, भाद्र २५,२०८२ 12:26:19
Global IME Bank Limited

बालुवाटारबाट कहाँ भागे ओली: सैनिक ब्यारेकमा छन् कि भारत पुगे ?

Hyundai Nepal
बालुवाटारबाट कहाँ भागे ओली: सैनिक ब्यारेकमा छन् कि भारत पुगे ?

काठमाण्डौ । जेनजीहरु बुढानिलकण्ठस्थित प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासभित्र छिरेर तोडफोड मच्चाए र आगजनी गरे । सुरक्षाकर्मीले उनीहरुलाई रोक्न नसकेपछि देउवा र उनकी पत्नी आरजूमाथि आक्रमण भयो । उनीहरु दुवैलाई प्रदर्शनकारीले रगताम्य हुने गरी कुटपिट गरे र सुरक्षाकर्मीको जिम्मा लगाए । जब यो खबर सुरक्षा निकायमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुग्यो, तब उनले पनि भाग्ने निर्णय गरे । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उच्च स्रोतहरुका अनुसार देउवा दम्पत्तिमाथिको आक्रमण र निवास ध्वस्त बनाएको खबरसँगै ओली पत्नी राधिका शाक्यसँगै भाग्ने निधोमा पुगे । त्यसपछि हतार हतार राजीनामा दिए र बालुवाटारस्थित सरकारी निवासमै सेनाको हेलिकप्टर मगाएर पौने २ बजेतिर कतै उडे ।  

ओली बालुवाटारबाट भागेको १ घण्टापछि मात्र प्रदर्शनकारी उनको सरकारी निवासमा छिरे र तोडफोड मच्चाए । ओलीलाई खोजे तर भेटेनन् ।  

अहिले सर्वत्र चासो छ, प्रधानमन्त्रीबाट राजीनामा गरेपछि ओली कता भागे ?

उच्च सुरक्षा स्रोतले दिएको जानकारी अनुसार सेनाको हेलिकप्टरले ओली लगायतका सरकारका मन्त्री तथा उच्च पदस्थ नेताहरुलाई ककनी र शिवपुरीको सैनिक ब्यारेकमा लगेर राखेको छ । सेनाको ब्यारेक नै सबैभन्दा सुरक्षित हुने ठानेर ओली लगायतका नेताहरुलाई त्यहाँ लगिएको दाबी गरिएको छ ।

 तर, केही स्रोतहरुले भने ओली दिउँसो सेनाको हेलीबाट भैरहवा पुगेका र त्यहाँबाट भारततर्फ लागेका समेत दाबी गरेका छन् ।  

दोश्रोभन्दा पहिलो दाबीचाहि यथार्थनजिक जस्तो देखिन्छ । ककनी र शिवपुरी क्षेत्रका स्थानीयबासीले आज दिनभर सेनाको हेलिकप्टरको उडान र अवतरण बाक्लो संख्यामा भएको बताएका छन् । यसको अर्थ सेनाको शिवपुरी ब्यारेक र ककनी क्षेत्रमा शीर्ष नेताहरुलाई सेनाले सुरक्षा दिएर आफ्नो ब्यारेकमा राखेको हुनसक्छ ।  

 

 

 

 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.