बुधबार, भाद्र २५,२०८२ 01:45:17
  • बुधबार, भाद्र २५,२०८२ 01:45:17
Global IME Bank Limited

युक्रेन युद्धमा अब नाटोको प्रवेश ! पोल्याण्डद्वारा रुसी ड्रोन खसालेको दाबी

Hyundai Nepal
युक्रेन युद्धमा अब नाटोको प्रवेश ! पोल्याण्डद्वारा रुसी ड्रोन खसालेको दाबी

काठमाण्डौ । पोल्याण्डले नाटोको लडाकु विमानहरूलाई देशको हवाई क्षेत्र बारम्बार उल्लङ्घन गर्ने रूसी ड्रोनहरूलाई खसाल्न खटाइएको जनाएको छ। यसबाहेक पोल्याण्डले इरानी मूलका केही रुसी ड्रोन खसालेको दाबी समेत गरेको छ ।

पोल्याण्ड र नाटो गठबन्धनबाट एफ१६ लडाकु विमानहरू बुधबार बिहान सक्रिय गरिएको थियो र नागरिकहरूलाई ड्रोनहरू कब्जा गर्न सैन्य अपरेशन सुरु गरेपछि घरमै बस्न आग्रह गरिएको थियो।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रुसी ड्रोन खसालेको पोल्याण्डको दाबी एकदमै खतरनाक भएको जनाइएको छ ।  किनभने पोल्याण्ड नाटो को सदस्य हो र नाटो को धारा ५ अनुसार कुनै पनि नाटो देशमा आक्रमण भएमा सबै नाटो देशहरूलाई आक्रमण मानिनेछ। त्यसैले पनि यसले युद्ध हुने सम्भावना निकै बढेको छ । पोल्याण्डले आफ्ना नागरिकहरूलाई घरमै बस्न आग्रह गरेको छ। यसअघि युक्रेनी वायुसेनाले टेलिग्राम मेसेजिङ एपमा रुसी ड्रोनहरू पश्चिमतर्फ गइरहेको र पोल्याण्डको जामोस्क सहरमा आक्रमणको खतरा रहेको बताएको थियो।

हाल कति रुसी ड्रोन पोल्याण्डमा प्रवेश गरेका थिए र कति ड्रोन पोल्याण्डको वायुसेनाले खसालेका थिए भन्ने स्पष्ट भन भएको छैन । पोल्याण्डका अधिकारीहरूले वार्साको चोपिन एयरपोर्ट र मोडलिन एयरपोर्ट माथिको हवाई क्षेत्र पनि सैन्य गतिविधि को कारण बन्द गरिएको बताए।  

यस्तै युक्रेनी मिडियाले कम्तिमा एउटा ड्रोन युक्रेनको पश्चिमी सीमा नजिकैको पश्चिमी पोलिश शहर रजेस्जो तर्फ गइरहेको थियो भनेर रिपोर्ट सार्वजनिक गरेको छ। 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.