काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी एक्सफेङले ४७ हजार युनिट बढी कार बजारबाट फिर्ता मगाउने भएको छ । कम्पनीले स्टेरिङ असिस्ट फेलियर भएका कारण ४७ हजार ४९० युनिट पी सेभेन प्लस इलेक्ट्रिक सेडान बजारबाट फिर्ता मगाउने निर्णय गरेको छ ।
कम्पनीले सेप्टेम्बर १५ गतेबाट कार फिर्ता मगाउने भएको हो । अगस्ट २०२४ देखि अप्रिलसम्मको अवधिमा निर्माण भएका उक्त मोडलका कारको स्टेरिङ असिस्ट सेन्सरको वायर लुज भएका कारण कारको स्टेयरिङ सिग्नल घटबढ हुने समस्या आएको कम्पनीले जनाएको छ । जसका कारण स्टेयरिङ फेलियर वार्निङ लाइट सक्रिय हुने र अन्ततः स्टेरिङ असिस्ट सिस्टम फेल हुने समस्या देखिएको छ ।