• आईतवार, भाद्र २९,२०८२ 09:13:15
Global IME Bank Limited

दाबी भुक्तानी यथाशीघ्र अघि बढाउने बीमा कम्पनीहरुको प्रतिबद्धता

Hyundai Nepal
दाबी भुक्तानी यथाशीघ्र अघि बढाउने बीमा कम्पनीहरुको प्रतिबद्धता

काठमाण्डौ । जेन–जी समूहको प्रदर्शनका कारण कैंयौं निजी सम्पत्तिमाथि अतिक्रमण भई अर्बौै रकम बराबरको क्षति हुन पुगेको छ । काठमाण्डौ लगायत बाहिरका भाटभटेनी, हिल्टन होटल, एनसेलको केन्द्रीय कार्यालय, ग्लोबल कलेज, थापाथलीस्थित सेन्ट्रल विजनेश पार्क र हुण्डाई, सुजुकी र टाटा मोटर्स लगायत थुप्रै गाडी कम्पनीका सोरुमहरुमा समेत आगलागी भएको छ । यसबाहेक निजी घर र कर्पोरेट सेक्टरका थुप्रै बिल्डिङहरुमा पनि क्षति पुगेको छ ।  

 नेपाल बीमा प्राधिकरणले सबै बीमा कम्पनीहरुलाई भदौ २३ र २४ गते उत्पन्न विषम परिस्थितिबाट क्षति भएको जनधनको लेखाजोखा गरी यथाशीघ्र दाबी भुक्तानी गर्न निर्देशन दिएको छ । बीमा कम्पनीहरुले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई मर्का पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले प्राधिकरण समक्ष उजुरी गर्न आग्रह समेत गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

निजी क्षेत्रमा जेन–जी समूहको विरोध प्रदर्शनबाट ठूलो क्षति पुगेका कारण बीमा कम्पनीहरुमा ठूलै रकमको दाबी पर्ने सम्भावना देखिएको छ । स्रोतका अनुसार भाटभटेनी, हिल्टन होटल, सेन्ट्रल विजनेश पार्क, एनसेल सेन्टर र सिजी डिजिटल पार्कको ठूलो बीमा गरिएको छ, जसअनुसार बीमा कम्पनीहरुमा ठूलो रकमको दाबी पर्ने देखिएको छ ।  

प्राधिकरणको निर्देशनबमोजिम बीमा कम्पनीहरुले पनि दाबी भुक्तानीलाई सहज बनाउने र दाबी प्रक्रिया तीव्र अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्् । निर्जीवन बीमा कम्पनीहरुले क्षतिको मूल्यांकन गरी सहज ढंगले दाबी प्रक्रिया अघि बढाउने र पारदर्शी ढंगले दाबी भुक्तानी दिइने सूचनाहरु प्रकाशित गर्न थालेका छन् ।  

हालसम्म केही निर्जीवन बीमा कम्पनीहरुले दाबी भुक्तानी सहजका लागि कर्मचारीहरुको सम्पर्क नम्बर समेत सार्वजनि गरिसकेका छन् । युनाइटेड अजोड इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीले बीमितहरुको क्षतिपूर्तिको लागि यथाशक्य प्रक्रिया अघि बढाउने जनाएको छ ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.