काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुलाई दाबी भुक्तानीको दाबी थपिएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार गत असोज १८ गतेदेखि अविरल वर्षा तथा बाढी पहिरोका कारणले भएको क्षतिबाट बीमा कम्पनीहरुमा ३ अर्ब २६ करोड ७६ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ ।
यसअघि जेनजी आन्दोलनको क्षतिबाट बीमा कम्पनीहरुमा २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको बीमा दाबीको दायित्व कायमै रहेकोमा ३ अर्ब २६ करोड दायित्व थपिएको हो ।
प्राधिकरणका अनुसार १५ निर्जीवन बीमा कम्पनीमा हालसम्म ७०४ वटा दाबी अर्थात् ३ अर्ब २६ करोड रुपैयाँ बराबरको दाबी परेको छ । जसमा सबैभन्दा बढी सम्पत्ति बीमामा ३६४ वटा बीमाको २ अर्ब ७० करोड ६९ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
त्यस्तै, ८७ वटा बीमाको ४८ करोड ४ लाख रुपैयाँ बराबरको इन्जिनियरिङ्ग तथा ठेकेदार जोखिम बीमाको दाबी, २०९ वटा बराबरको ४ करोड ३२ लाख रुपैयाँको कृषि त था बालि बीमा, ३३ वटा बीमाको २ करोड ५२ लाख रुपैयाँ बराबरको मोटर बीमा ९निजी०को दाबी परेको छ ।
यसका साथै सार्वजनिकतर्फको मोटर बीमामा ९ वटा बीमा बराबरको १ करोड ५ लाख रुपैयाँ दाबी र अन्य बीमामा २ वटा बीमाको १२ लाख रुपैयाँ बराबरको दाबी परेको छ ।
निर्जीवन बीमा कम्पनीहरुमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्समा ५४ वटा बीमा बराबरको ६० करोड ९४ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।
