काठमाण्डौ । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले जेनजी आन्दोलनमा घाइते तथा प्रभावित व्यक्तिहरुलाई मनोपरामर्श सेवा उपलब्ध गराउने निर्णय गरेकी छन् ।
मन्त्री शर्माले आज पदभार ग्रहण गर्दै यस्तो निर्णय गरेकी हुन् । नवनियुक्त मन्त्री गौतमले आज शीतल निवासमा शपथग्रहण गर्दै कार्यभार सम्हालेकी हुन् ।
उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री नियुक्त गरेका थिए ।
डा. सुधा शर्मा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका पूर्व सचिव, प्रसूति–स्त्री रोग विशेषज्ञ र क्लिनिकल हेरचाह, स्वास्थ्य प्रणाली र हेरचाहको गुणस्तरमा ठूलो अनुभव भएकी जनस्वास्थ्य विशेषज्ञ हुन्।
उनी बेलायतको रोयल कलेज अफ ओब्स्टेट्रिशियन्स एण्ड गायनोकोलोजिस्टकी फेलो हुन् र पब्लिक हेल्थमा स्नातकोत्तर गरेका छन्।

